जोशी क्याफे पोखरा सारङकोट स्थित अन्नपूर्ण केवलकारको माथिल्लो स्टेसनमा सञ्चालनमा रहेको छ । यस क्याफेले नयाँ वर्ष २०७९ सालको स्वागत गर्न यही चैत्र २९, ३० र बैशाख १ गते अन्नपूर्ण केवलकारमा यात्रा गर्ने यात्रुहरुलाई लक्षित गरी विभिन्न सेवा सुविधा तथा मनोरन्जनात्मक कृयाकलाप आयोजना गर्ने भएको छ ।
जसअन्तर्गत लाइभ साँस्कृतिक कार्यक्रममा प्रज्ज्वल समूहको प्रस्तुती रहने छ । काठमाडौंमा रहेको जोशी क्याफेको दुई वटा आउटलेट मार्फत प्रवाह गरिरहेको सेवासुबिधाबाट उपभोक्ताहरु माझ उत्कृष्ठ छाप पार्न सफल भएको छ ।