टी-२०आईमा दिपेन्द्रले बनाए विश्व कीर्तिमान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दिपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन् ।

उनले करियरमा सबैभन्दा धेरै इनिङ शुन्यमा आउट नभइकन अर्थात् बिना डक धेरै इनिङ्स खेल्दै उक्त कीर्तिमान बनाएका हुन् । दिपेन्द्र आफ्नो टी२० आई करियरमा अहिलेसम्म डक आउट भएका छैनन् ।

बिहीबार भएको कुवेतसँगको खेलमा उनले १२ बलमा ३१ रन बनाउँदै नेपालको जितमा फिनिसङ टच दिएका थिए ।

उनले ६६ इनिङमा डकआउट नभइ खेलेका छन् । उनीभन्दा पछाडि वेस्ट इन्डिजका मार्लन सामुयल्स छन् जसले ६५ इनिङमा डकआउट नभइ खेलेर कीर्तिमान बनाएका छन् ।

दिपेन्द्रले यसअघि सबैभन्दा छिटो ९ बलमा अर्धशतक बनाउने कीर्तिमान पनि आफ्नो नाममा गरेका छन् ।

त्यस्तै एकै ओभरको ६ बलमा ६ छक्का हान्ने कम खेलाडीमध्येका एक उनी पनि हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *