‘यामाहा ब्लु फेस्ट’ भृकुटीमण्डपमा आजदेखि सुरु

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’ आयोजना भएको छ । यामाहा नेपालले आयोजना गर्न लागेको बहुप्रतीक्षित यामाहा ब्लु फेस्ट २८ चैतदेखि सुरु हुनेछ ।

यो एक्स्चेन्ज तथा मोटो उत्सव ३ वैशाख २०८२ सम्म सञ्चालन हुने यामाहाले जनाएको छ । नेपालकै सबैभन्दा ठूलो दुई पाङ्ग्रे सवारी एक्स्चेन्ज कार्यक्रममध्ये एक मानिएको यामाहा ब्लु फेस्टले बाइकप्रेमीका लागि रोमाञ्चक अवसरहरू ल्याएको छ । कार्यक्रममा सहभागी भएर यामाहाको आकर्षक अफर र अनुभव प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यमाहा ब्लु फेस्टमा कुनै पनि ब्रान्डको बाइक साट्न सकिने सुविधा छ । यामाहा बाइक वा स्कुटरमा न्यूनतम ५० हजारको मूल्यांकन, अन्य ब्रान्डका बाइकमा पनि न्यूनतम २५ हजारको मूल्यांकन (ट्याक्स क्लियरेन्स आवश्यक), एक्स्चेन्जमा थप १० हजार बोनस, ७।९९ प्रतिशत फाइनान्सिङ ९ग्यारेन्टरविना), ‘थ्रिल अफ थ्री’ योजना अन्तर्गत १ लाखसम्म नगद छुट जित्ने अवसर पनि पाइने छ ।

‘थ्रिल अफ थ्री’ योजना अन्तर्गत विज्ञापन सेयर गरेर १ हजार जित्न सकिने, स्क्रिनसट देखाएर ५० हजारसम्म छुट प्राप्त गर्न सकिने र यामाहा खरिद गरी १ लाखसम्मको नगद छुट जित्न सकिने पनि कम्पनीले जनाएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *