लुना रेस्टुरेन्ट एण्ड बारको तेस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

लुना रेस्टुरेन्ट एण्ड बारले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् ।

लुना रेस्टुरेन्ट एण्ड बारले स्थापनाको दुई वर्ष पुरा गरि तेस्रो वर्ष प्रवेश गरेको अवसरमा एक दिने बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।रेस्टुरेन्टले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सो रक्तदान कार्यक्रमको आयोजना गरेको रेस्टुरेन्टका प्रबन्ध निर्देशक सुमन महर्जनले जानकारी दिए ।

रेस्टुरेन्टका प्रबन्ध निर्देशक महर्जनका अनुसार रगतको अभावमा कोही कसैले अकाल मै ज्यान गुमाउन नपरोस् भन्ने अभिप्रायले लुना रेस्टुरेन्ट एण्ड बारले आफ्नो वार्षिकोत्सवको अवसर पारी हरेक बर्ष रक्तदान कार्यक्रमको आयोजना गरिने बताए । रक्तदान नै जीवनदान भन्ने मुल नाराको साथ भएको उक्त कार्यक्रममा रगत संकलनमा प्रावीधिक सहयोग नेपाल रेडक्रस सोसाईटि काठमाडौं शाखाले गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *