कुलमानको बर्खास्तीबारे प्रधानमन्त्री ओलीले सदनमा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे संसद्‌मा बोल्न तयार भएका छन् ।

एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार यही चैत १८ गते प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् ।

बिपक्षी दलको माग अनुसार प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी गराउदा पनि शुक्रबार सदन खोल्न बिपक्षी तयार नभएको उनले बताए । आइतबारदेखिको बैठक भने चल्न दिने गरि सहमति भएको उनले बताए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *