काठमाडौं । आज काठमाडौंमा गणतन्त्रवादी र राजावादीहरुले प्रदर्शन सुरु गरेका छन् ।
समाजवादी मोर्चाको नेतृत्वमा गणतन्त्रवादीको प्रदर्शन भृकुटीमण्डप र राजावादीहरुले नवराज सुवेदी नेतृत्वको समितिमार्फत तीनकुनेमा प्रदर्शन सुरु गरेका छन् ।
प्रदर्शनका कारण भीडभाड भएपछि ती क्षेत्रका सडकमा सवारी साधनलाई निषेध गरिएको छ । ट्राफिक व्यवस्थापन गर्न समस्या हुने भएकोले सवारी साधनलाई अर्कै रुटमा डाइभर्ट गरिएको हो ।







