आइसिएफसि फाइनान्सको २१ औं शाखा झापाको विर्तामोडमा

आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले आफ्नो २१ औं शाखा झापाको विर्तामोडमा सञ्चालनमा ल्याएको छ । कम्पनीले  २०७८ चैत २७ गते रामनवमीको दिन बाट प्रदेश नं. १, झापा जिल्ला, विर्तामोड नगरपालिका वडा नं. ०४, विर्तामोडमा आफ्नो २१ औं शाखा सञ्चालनमा ल्याएको हो।

उक्त संस्थाको समुद्घाटन विर्तामोड नगरपालिकाका मेयर  ध्रुवकुमार सिवाकोटी गरेका हुन् ।

आइ.सि.एफ.सि.फाइनान्सले मोबाइल बैकिङ, इन्टरनेन्ट बैकिङ, लकर सेवा, ३६५ दिन बैकिङ सेवा, ए.टि.एम कार्ड, आस्वा सेवा, म्झबत सेवा, रेमिटेन्स सेवा, विभिन्न प्रकारका कर्जा सुविधा तथा अन्य सम्पूर्ण अत्याधुनिक बैकिङ सुविधाको साथमा विगत १८ बर्ष देखि आफ्नो ग्राहकलाई बैकिङ सुविधा प्रदान गरिरहेको जनाएको छ ।

चुक्तापूँजी रु.१ अर्ब १२ करोड एकहत्तर लाख रहेको यस फाइनान्सले हाल सम्म एक लाख भन्दा बढी ग्राहकलाई सेवा दिनुका साथै रु.१६ अर्ब ५७ करोड निक्षेप संकलन र रु. १४ अर्ब ११ करोड कर्जा प्रवाह गरिसकेको  उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *