भारतको सरकारी बैंकहरुले मुद्दती खाताको ब्याजदर घटाए

भारतको सरकारी बैंक इन्डियन ओभरसीजले मुद्दती खाता(एफडी)को ब्याज घटाएको छ । बैंकले ब्याजदर ०.४० प्रतिशतसम्म घटाएको छ । नयाँ दरहरू अप्रिल ११ देखि लागू हुनेछन् ।

पञ्जाब नेशनल बैंकले आफ्नो बचत खाताको ब्याज घटाएर अब १० लाख रुपैयाँभन्दा कम मौज्दात भएका बैंक खाताको ब्याजदर २.७५ प्रतिशतबाट २.७० प्रतिशतमा झारेको छ । त्यस्तै, १० लाख देखि ५०० करोड सम्म रुपैयाँ भारुसम्मको ब्यालेन्समा २.७५ प्रतिशत वार्षिक ब्याज पाउनुहुनेछ । यो पनि ०.०५ प्रतिशतले घटेको छ । नयाँ दरहरू ४ अप्रिल २०२२ देखि लागू भएको हो ।

एसबीआइ बैंकले भारतीय बैंकहरुमा ७ दिनदेखि ३५ दिनसम्मको मुद्दती खातामा ३ प्रतिशत मात्र व्याज दिने भएका छन् । ४६ दिनदेखि ९० दिनको मुद्दतीमा ३.५०देखि ३.९० प्रतिशत व्याज पाउने छन् भने  ९१देखि १७९ दिनको मुद्दती खातामा ४देखि ४.४० प्रतिशत व्याज पाउने भएका छन् ।

१८० दिनदेखि १ वर्षको मुद्दती खातामा पैसा राख्नेले ४.५०देखि ४.९० प्रतिशत व्याज पाउने छन् भने १ वर्षदेखि २ वर्षसम्मको मुद्दती खातामा ५.१५ प्रतिशत व्याजदर पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *