सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सौराहा, चितवन स्थित पार्क सफारी रिसोर्ट प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई १०% छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले पार्क सफारी रिसोर्टका सबै सेवा सुविधामा १०% छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंककाग्राहकहरु लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।
बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ ।
यस्तै मोबाइल बैकिङ्ग मार्पत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्रल (यो सुविधा मार्फत सिटिजन्स बैकका मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् ) र मुद्दती खाताको आवेदनदिन सक्ने लगायतका व्यवस्था समेत गरेको जानकारी बैंकले गराएको छ ।







