सोल्टी होटललाई ‘इन्टरनेशनल ट्राभल अवार्ड’

फाइभ स्टार डिलक्स होटलको रुपमा ख्याति काएको सोल्टी होटल लिमिटेडले ‘इन्टरनेशनल ट्राभल अवार्ड’ पाएको छ। अन्तराष्ट्रिय रुपमा प्रतिष्ठित मानिएको ‘इन्टरनेशनल ट्राभल अवार्ड’ उत्कृष्ट पाँच तारे होटलमध्येमा सोल्टीले पाएको हो ।

सोल्टी होटलले दिँदै आएको सेवा सुविधा र क्षमता विस्तारका कारण अवार्ड पाउन सफल भएको होटलका उपाध्यक्ष सुदर्शन चापागाईँले बताए । उनका अनुसार होटलले अन्तराष्ट्रिय रुपमा पारेको प्रभावका कारण पनि अवार्ड पाउन सफल भएको हो । उनले भने– ‘अवार्ड पाउनु भनेको देशीविदेशी पाहुनालाई दिँदै आएको सेवाको प्रतिफल हो ।’

चापागाईँले होटलको क्षमता विस्तारसँगै कर्मचारीलाई दिइएको तालिम, सेवाको स्तरोन्नतिलाई निरन्तर अगाडि बढाएकै कारण अवार्ड पाउन सफल भएको बताए ।

त्यस्तै सेवाको हिसावले होटलमा पहिलो क्याटगोरीको रुम नै एक्जिक्युटिभ रुमबाट सुरु हुने मार्केटिङ एक्जुकेटिभ प्रतिक्षा बस्नेतले बताइन् । उनका अनुसार हाल होटललाई पुरै रिनोभेट गर्ने कार्य भइरहेको छ । उनले भनिन्– ‘अहिले सबै रुमलाई रेनोभेट गरेर क्लासिक हेरिटेजमा रुपान्तरण गरिएको छ ।’

बस्नेतले होटलको कुल दुई सय ८५ वटा कोठा मध्ये हाल एक सय ३२ वटा कोठा संचालनमा रहेको जानकारी दिइन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *