व्यवस्थापनकर्मीहरूको सम्मानित एवम् सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघ (MAN) ले नेपालको व्यवस्थापन क्षेत्रमा योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई ‘Manager of the Year Award-2022’ बाट सम्मानित गरेको छ ।
आज राजधानीको याक एन्ड यति होटलमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै ‘Manager of the Year Award-2022’ का विजेता न्यौपानेले उक्त पुरस्कार सम्पूर्ण Fellow NIC ASIANs लाई समर्पण गर्दै उक्त पुरस्कारबाट सम्मानित गर्नु भएकोमा व्यवस्थापन संघ, पुरस्कार छनौट समिति तथा व्यवस्थापन संघका पदााधिकारीहरू प्रति कृतज्ञता जाहेर गरे ।
उनको पाँच वर्षको नेतृत्व अवधिमा बैंकको कुल कर्जा करिब रू. ७३ अर्बबाट करिब ४ गुणाले वृद्धि भई रू. २७४ अर्ब पुगेको छ । त्यस्तै गरी निक्षेप संकलन तर्फ पनि रू. ८६ अर्बबाट करिब ४ गुणाले वृद्धि भई रू. ३०० अर्ब पुगेको छ । साथै बैंकको प्रतिशेयर आम्दानी तर्फ करिब २ गुणाले वृद्धि भई रू.४१.४३ पुगेको छ ।
नेपालको वित्तीय इतिहासमा हासिल भएका उपलब्धीहरू मध्ये उपरोक्त उपलब्धीहरू ऐतिहासिक हुन् । उल्लेखित परिसूचकहरूमा बैंकलाई सर्वोत्कृष्ट स्थानमा पु¥याउनुका साथै नेतृत्व सम्हालेको छोटो समयमै देशभर करिब ३६ लाख भन्दा बढी ग्राहक महानुभावहरूसँग शाखा सञ्जालका साथै आधुनिक डिजिटल च्यानलहरू मार्फत सहज, सबल, गतिशील, विश्वसनीय एवं उत्तरदायी बैंकिङ्गको नाता स्थापित गर्न र विभिन्न प्रमुख वित्तीय तथा गैर वित्तीय सूचकांकहरूमा देशको सर्वोत्कृष्ट बैंकको रुपमा स्थापित गराउन वहाँको नेतृत्वमा बैंक सफल भएको छ ।
साथै, समस्त ग्राहक महानुभावहरू, शेयरधनी एवं समस्त सरोकारवालाहरूको साथ, सहयोग र हौसलाले बैंकलाई कर्जा, निक्षेप, शाखा सञ्जाल, स्व–पूँजीमा प्रतिफल लगायत अधिकांश वित्तीय तथा गैर वित्तीय सूचकांकहरूमा सर्वोत्कृष्ट स्थानमा कायम राख्न समेत नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको प्रमुख कार्यकारी अधिकृतज्यूलाई प्राप्त यस ‘Manager of the Year Award-2022’ सम्मानले बैंकको सञ्चालक समिति, DNA Oversight Committee लगायत सम्पूर्ण बैंक परिवारलाई गौरवान्वित बनाएको छ । यस पुनीत अवसरमा प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई सम्पूर्ण बैंक परिवार हार्दिक बधाई ज्ञापन गर्दै बैंक नेपाल व्यवस्थापन संघ प्रति हार्दिक कृतज्ञता जाहेर गर्दछ ।







