रिभर फल्स पावरको आईपीओ आजबाट निष्कासन

रिभर फल्स पावर लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका बासिन्दाका लागि आज चैत २७ गतेबाट आईपीओ जारी गरेको छ ।

कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँ १० प्रतिशतले हुन आउने ७ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ७ लाख कित्ता आईपीओ जारी गरेको छ ।

रिभर फल्सको आईपीओमा स्थानीय न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । यो आईपीओमा रिभर फल्स आयोजनाको कार्यालय (संखुवासभा), प्राइम कमर्सियल बैंकको खाँदबारी, तुम्लिङटार र सभापोखरी शाखा, प्रभु बैंकको खाँदबारी शाखा र ग्लोबल आइएमई बैंकको खाँदबारी र चैनपुर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

यो आईपीओको निष्कासन बन्द छिटो वैशाख ११ गते र ढिलामा वैशाख २६ गते बन्द हुनेछ। आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *