रिलायबल क्यापिटलले रिलायबल समृद्धि योजना ल्याउँदै

काठमाडौं। रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलले वैशाख ३ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री गर्ने भएको छ । रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको ‘रिलायबल समृद्धि योजना’ ले १० करोड इकाई बिक्री गर्न लागेको हो । यसले १ अर्ब रुपैयाँ बराबरको इकाई जारी गर्नेछ । प्रतिइकाई १० रुपैयाँको दरल उक्त फन्ड जारी गर्नेछ ।

कुल योजनाको आकारमध्ये १५ प्रतिशत इकाई मध्ये कोष प्रवर्धक रिलायबल लाईफ इन्सुरेन्सलाई १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई तथा र १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।

यसमा न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यसमा वैशाख ७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख १७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *