काठमाडौं । आज साताको दोस्रो दिन पनि सेयर बजार घटेको छ । नेप्से परिसूचक २०.६८ अंकले घटेर २७५१.४२ को विन्दुमा कायम भएको छ ।
आज ३११ कम्पनीको सेयर किनबेच हुँदा ८ अर्ब ३७ करोडको सेयर कारोबार भएको छ । आज ४४ कम्पनीको सेयर मूल्य बढेको छ भने १९१ कम्पनीको सेयर मूल्य घटेको छ । आज ८ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ७३ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको हो । हिमालयन रिइन्स्योरेन्सको ७३ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनएलजी इन्स्योरेन्सको ३४ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका हुन् । गार्डियन माइक्रो लाइफका लगानीकर्ताले ८.७३ प्रतिशतका दरले कमाएका छन् । विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८.५३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.९८ प्रतिशतका दरले गुमाएका हुन् ।






