पूर्वराजाको स्वागतमा फोहोर गरेको भन्दै काठमाडौँ महानगरले गर्यो राप्रपालाई १ लाख जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई १ लाख जरिवाना गराएको छ। आइतबार पूर्वराजाको स्वागतमा उत्रिएकाहरुको तर्फबाट विभिन्न स्थानमा फोहोर गरिएको र भौतिक क्षति पुर्याएको भन्दै महानगरले जरिवाना गराएको हो ।

आइतबार राप्रपाले आयोजना गरेको कार्यक्रममा सहभागीहरुबाट एयरपोर्ट, तिलगंगा, गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका विरुवाहरु साथै रेलिङ्गमा क्षति र जथाभावी रुपमा फोहोरमैला गरेको भन्दै महानगरपालिकाले पार्टीलाई पत्र पठाएको हो।

महानगरले पार्टीमा पठाएको पत्रमा भनिएको छ,- ‘प्रस्तुत बिषयमा मिति २०८१ फागुन २५ गते ताहाँ पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका बिरुवाहरु साथै रेलिङ्गमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरि वातावरण प्रदुषण गरेकोले तपाईलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २००१ बमोजिम रु १००,०००÷०० (अक्षरुपी एक लाख) जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ ।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *