आठ सयभन्दा बढी व्यवसायी र फर्म कर नतिर्नेको सूचीमा

सिमकोट। हुम्ला जिल्लाका आठ सयभन्दा बढी व्वयसायी, फर्म, संस्था र व्यक्ति कर नतिर्नेको सूचीमा परेका छन् ।

संस्था, फर्म र ब्यवसाय दर्ता गर्ने र त्यसपछि नवीकरण नगरेकोले उनीहरुलाई कर नतिर्ने सूचीमा कार्यालयले राखेको हो। जिल्लाभर दर्ता नभएर नवीकरण नगरी कर नतिर्ने संख्या ८८३ रहेको उद्योग वाणिज्य सङ्घ हुम्लाले जनाएको छ। यो कर भ्याट र प्यान गरि रहेको छ।

यसरी हालसम्म कर नतिर्नेमा व्यक्तिगत फर्म, गैरसरकारी संस्था, सहकारी संस्था, गुम्बा, ब्यवसाय, सामूहिक फर्म छन्। २०६० सालमा दर्ता भएर हालसम्म नवीकरण नभएका संस्थाहरु पनि रहेको परिपत्र कर कार्यालय सुर्खेतबाट सङ्घमा आएको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *