नेप्से परिसूचक ७९.९५ अंकले गिरावट,सातामा १० अर्ब कारोबार

नेप्से परिसूचक ७९.९५ अंक घटेको छ । पछिल्लो समय २ हजार ८४८ दशमलव ८४ विन्दुदेखि ओरालो लागेको नेप्से परिसूचक २ हजार ४६४.३५ विन्दुमा झरेको हो । गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २ हजार ५४४.३० विन्दुमा रहेको थियो ।

गत साता रू। १३ अर्ब ४२ करोड ५७ लाखभन्दा बढीको २ करोड ६० लाख ६१ हजार ६१५ कित्ता धितोपत्र कारोबार भएकोमा यो साता रू। ९ अर्ब ८३ करोड ४१ लाखभन्दा बढीको २ करोड २३ लाख ४९ हजार ५११ कित्ता मात्र धितोपत्र कारोबार भएको हो । गत साताभन्दा यो साता रू।३ अर्ब ५९ करोड १५ लाख बराबरको ३७ लाख १२ हजार १०४ कित्ता कम धितोपत्र कारोबार भएको हो ।

लगानीकर्ताहरुले रू १ खर्ब १३ अर्ब ५१ करोड ११ लाख गुमाएका छन् । गत साता रू। ३६ खर्ब १२ अर्ब २७ करोड २२ लाख रहेको कुल बजार पूँजीकरण यो साता रू। ३४ खर्ब ९८ अर्ब ७६ करोड २३ लाखमा झरेको हो ।

साता निर्जीवन बीमा समूहपछि वित्त समूहको ५.१७ प्रतिशत, ब्यापारिक समूहको ४.५३ प्रतिशत, जलविद्युत समूहको ४.१८ प्रतिशत, लगानी समूहको ४.१२ प्रतिशत, जीवन बीमा समूहको ४.३ प्रतिशत, अन्य समूहको ४.०२ प्रतिशत, विकास बैंक समूहको २.२५ प्रतिशत, लघुवित्त समूहको २.९८ प्रतिशत, बैंकिङ समूहको १ .८७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ . ४० प्रतिशत र म्चुचुअल फण्ड समूहको १.०९ प्रतिशत उपसूचक घटेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *