सिटी एक्सप्रेस मनी ट्रान्सफरको ‘स्टुडेन्ट्स मिट’ सम्पन्न

 सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले जापानिज ल्याङ्ग्वेज स्कुल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा ‘स्टुडेन्ट्स मिट–२०२२’ कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा जापानिज ल्याङ्ग्वेज स्कुल एसोसिएसन अफ नेपालसँग आबद्ध ४० भन्दा बढी एजुकेसन कन्सल्टेन्सीमार्फत जापान जान लागेका २०० भन्दा बढी विद्यार्थीको सहभागिता थियो।

कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टन्डनले जापान जान लागेका विद्यार्थीलाई जापानी संस्कृतिका बारेमा जानकारी दिनुका साथसाथै जापान पुगेपश्चात आफूले मेहनत गरेर कमाएको पैसा बैंकिङ च्यानलमार्फत मात्र पठाउन उत्प्रेरित गरे।
यसका साथसाथै कार्यक्रममा हाल जापान बसेर सिटी एक्सप्रेस मनी ट्रान्सफर जापान कम्पनी लिमिटेडमा दर्ता भएका १० भाग्यशाली विजेतालाई ‘सिटी आयो पुरस्कार ल्यायो’ योजनाअन्तर्गत जनही रु। १० हजार पुरस्कार विद्युतीय लक्की ड्र सिस्टममार्फत विजेता घोषणा पनि गरिएको थियो।

सिटी एक्सप्रेसले जापानिज ल्याङ्ग्वेज स्कुल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा जापानमा अध्ययनरत विद्यार्थीका लागि हरेक वर्र्ष पुरस्कार प्रदान गर्ने योजनासमेत बनाएको छ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *