एनआईसी एशिया बैंकले बोलायो साधारणसभा,पाँच अर्बको अग्राधिकार सेयर जारी गर्ने

काठमाडाैं। एनआइसी एसिया बैंकले २७ औं वार्षिक साधारणसभा फागुन २२ गते आर्मी अफिसर्स क्लब भद्रकालीमा आयोजना गर्ने भएको छ।

बैंकले माघ २८ गतेको सञ्चालक समिति बैठकमा ५ अर्ब रुपैयाँको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव स्वीकृत गरेको छ। सभामा बैंकको अधिकृत पुँजी १४ अर्ब ९२ करोड रुपैयाँबाट १९ अर्ब ९२ करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि प्रस्तुत हुनेछ।

सभामा बैंकले आर्थिक वर्ष २०८०/८१ का सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ। सहायक कम्पनी एनआइसी एसिया लघुवित्त र एनआइसी एसिया क्यापिटलका वित्तीय विवरण पनि सभामा प्रस्तुत हुने छन्।

सभा प्रयोजनका लागि फागुन ८ देखि २२ सम्म बुक क्लोज गरिनेछ । फागुन ७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *