एनसीसी बैंकको २६ लाख ६३ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

एनसीसी बैंक लिमिटेडको २६ लाख ६३ हजार ६६ कित्ता संस्थापक शेयर  विक्रीमा गरिने भएको छ । कम्पनीले बिहीवार एक सूचना जारी गर्दै कम्पनीका विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको जानकारी दिएको हो ।

शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापकहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बागबजार, काठमाडौंमा लिखित निवेदन दिनुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमो उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने जानकारी समेत बैंकले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *