नेपाल बैंकको डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले काठमाडौंको सिफल स्थित ब्रिलियन्ट बहुमुखि क्याम्पसमा डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बैंक लिमिटेड चाबहिल शाखा र ब्रिलियन्ट कलेजको सहकार्यमा विधार्थीहरुलाई डिजिटल बैकिङ् सम्वन्धि जानकारी गराई डिजिटल बैकिङ प्रविधिहरुमा अभ्यस्त गराउने उद्देश्यले उक्त कार्यक्रम संचालन गरिएको थियो ।

ब्रिलियन्ट बहुमुखी क्याम्पसका प्रिन्सिपल दुर्गा प्रसाद नेपाल प्रमुख अतिथि रहेका उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेडका मार्केटिङ्ग तथा रिसर्च डिभिजन प्रमुख अर्जुन बहादुर कँडेल, नेपाल बैंक चाबहिल शाखाका शाखा प्रबन्धक द्वारिका घोरासैनी लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

स्नातक तह व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरु सहभागि भएको उक्त कार्यक्रममा डिजिटल वित्तीय साक्षरता सम्बन्धि जानकारी, नेपाल बैंकले लागु गरेका विभिन्न सेवा सुविधाहरु, डिजिटल बैंकिङ प्रविधिहरु, बिद्यार्थी लक्षित शुभज्ञान बचत खाता साथै बैंकिङ विविध आयामहरुको बारेमा जानकारी गराईएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तथा क्याम्पस प्रमुख दुर्गा प्रसाद नेपालले ब्रिलियन्ट क्याम्पसका विद्यार्थीहरुलाई लक्षित गरि डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेकोमा नेपाल बैंकलाई धन्यवाद दिँदै विद्यार्थीहरुले यस कार्यक्रमबाट बढि भन्दा बढि लाभ लिने विश्वास व्यक्त भएको थियो ।

हाल नेपाल बैंकमा नयाँ जोश जाँगर भएका, प्रतिस्पर्धी सोच भएका उर्जाशिल कर्मचारीहरु रहेको उल्लेख गर्दै उनले नेपालको पहिलो बैंकले आम नेपालीमा वित्तीय पहुँच पुर्याउन गरिरहेको वित्तीय साक्षरता अभियान निकै प्रशंसनीय कार्य भएको बताए । नेपाल बैंक चावहिल शाखाका शाखा प्रबन्धक द्वारिका घोरासैनीले नेपाल बैंक र बिलियन्ट क्याम्पसबीच रहेको निकट सम्बन्ध आगामि दिनमा थप मजबुत हुँदै जाने छ भन्ने बिश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा नेपाल बैंक मार्केटिङ्ग तथा रिर्सच डिभिजन प्रमुख अर्जुन बहादुर कँडेलले वित्तीय साक्षरता सम्बन्धि बिभिन्न आयामहरुमा विद्यार्थीहरुलाई प्रशिक्षण दिँदै नेपाल बैंकले विद्यार्थीहरुलाई लक्षित गरि ल्याएका बिभिन्न बैंकिङ प्रोडक्ट तथा सेवा सुविधाहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

अनवरत विश्वासको ८५ औ वर्ष प्रवेश गरेको देशकै पहिलो बैंक नेपाल बैंक लिमिटेड सबै पुस्ताको उत्तिकै रोजाइको बैकको रुपमा रहन सफल भएको छ । बैंकले हाल नेपालभर २१३ शाखाहरु १६० एटिएम, र ५० एक्सटेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई आधुनिक प्रविधियुक्त बैंकिङ् सेवा उपलब्ध गराइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *