आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार तोलाको ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ९९ हजारमा कारोबार भईरहेको छ ।
आज तेजाबी सुनको भाउ पनि प्रतितोला ५ सयले नै बढेर ९८ हजार ५ सय रुपैयाँमा पुगेको छ ।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १३ सय ४५ रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८४ हजार ८७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८४ हजार ४४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ५३ रुपैयाँ तोकेको छ ।








