आईपीओ निष्कासन गर्दै सिवाईसी नेपाल लघुवित्त

सिवाईसी नेपाल लघुवित्त वित्तले २०७९ वैशाख २ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्दैछ । लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गर्न लागेको जनाएको छ।

लघुवित्तले निष्काशन गर्न लागेको कुल ३ लाख ९५ हजार ३३६ कित्ता शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहररूका लागि र ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ। सर्वसाधारणका लागि बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

आइपीओका लागि वैशाख ६ गतेदेखि आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड  छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *