राष्ट्र बैंकले पेट्रोलियम पदार्थको आयात आधा बढीले घटाउन सरकारलाई सुझाव

नेपाल राष्ट्र बैंकले पेट्रोलियम पदार्थको आयात आधा भन्दा बढीले घटाउन सरकारलाई सुझाव दिएको छ । अर्थतन्त्रको वर्तमान अवस्थाबारे अर्थ मन्त्रालयमा लिखित सुझाव पठाउँदै केन्द्रीय बैंकले यस्तो सुझाव दिएको हो ।

अर्थमन्त्रीलाई सम्बोधन गरी लेखिएको सुझाव पत्रको ४ नम्बर बुँदामा राष्ट्र बैंकले मासिक १२ देखि १३ अर्ब रुपैयाँ बराबर मात्रै भुक्तानी हुने गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन मिलाउनुपर्ने उल्लेख छ ।

नेपाल आयल निगमका अनुसार पछिल्लो महिनाहरुमा पेट्रोलियम पदार्थ खरिद गरेबापत अहिले भारतीय आयल निगमलाई मासिक कम्तीमा २४ देखि २९ अर्ब रुपैयाँसम्म रकम भुक्तानी गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *