कालिका लघुवित्तको बोनस शेयर प्राप्त गर्न कर तिर्नुपर्ने, यस्तो छ प्रक्रिया

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको १३ प्रतिशत बोनस शेयरमा लाग्ने कर वापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले बुधवार सुचना जारी गरी साविक जनसेवी लघुवित्त वित्तीय संस्थासँग मर्जर पश्चात एकिकृत कारोबार गर्दाको मितिपछि कायम शेयरधनीहरुले बोनस शेयरमा लाग्ने कर वापतको रकम तिर्नुपर्ने भएको हो ।

साविक जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर प्रकृया पुरा गरी २०७६ साल पुस २३ गतेदेखि यस कम्पनीले एकिकृत कारोबार सुरु गरेको थियो । कम्पनीले गत पुस ३० गते सम्पन्न २१ औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । हालसम्म कम्पनीले उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको छैन् । सम्बन्धीत शेयरधनीहरुले कर वापतको रकम बैंकको लक्ष्मी बैंक लिमिटेड अमरसिंहचोक, पोखरामा रहेको खाता नम्बर ११२११००१४०३ मा जम्मा गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले २१औं वार्षिक साधारण सभाका लागि पुस २१ गते बुक क्लोज गरेको थियो । आधारमा पुस २० गतेसम्म कायम शेयरधनीहरु लाभांश प्राप्त गर्न योग्य भएका हुन ।

कम्पनीले रू। २७ करोड ६८ लाख ८० हजार चुक्तापूँजीको आधारमा १३ प्रतिशत बोनस शेयर वितरण गरेको हो । कम्पनीले हाल कायम संस्थापक तर्फको ६४ दशमलव ५२ प्रतिशत र सर्वसाधारण तर्फको ३५ दशमलव ४८ प्रतिशत शेयर स्वामित्व परिवर्तन गरी संस्थापक तर्फ ५४ दशमलव ५२ प्रतिशत र सर्वसाधारण तर्फ ४५ दशमलव ४८ प्रतिशत कायम गर्ने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *