प्रतिकूल मौसमले तराईका तीन विमानस्थलमा सबै उडान रद्द

काठमाडौं । प्रतिकूल मौसमका कारण बुधबार तराईका तीन विमानस्थलमा निर्धारित सबै उडान रद्द भएका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयकाअनुसार आज सिमरा, नेपालगञ्ज र धनगढीका सबै उडान रद्द भएका हुन् । बुद्ध एयरले समेत यी विमानस्थलमा आज कुनै पनि उडान हुन नसकेको जनाएको छ ।

तराई भेगमा बाक्लो हुस्सुका कारण उडान निरन्तर प्रभावित बनिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *