


बुटवल । रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ । न्यायाधीश पल्हादकुमार योगीको इजलासमा रविको बयान सम्पन्न भएको हो ।
अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीका अनुसार बयान प्रक्रिया मात्र सम्पन्न भएको कारण आज थुनछेक बहस नहुने बताए ।
पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीको मुद्दामा बयान लिइएको हो । लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता गरिएको थियो ।
यसअभियोगमा लामिछानेसँगै छविलाल जोशी, जीबी राई लगायत १४ जनाविरुद्ध पूरक अभियोग दर्ता भएको छ । यसअघि दर्ता भएका २८ जनासहित कुल ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।
लामिछाने बयानका लागि मंगलबार भैरहवा आएका थिए ।
Artha Sanjal

अर्थ सन्जाल