


काठमाडौं ।आज शेयर बजार भारी अंकले बढेकाे छ । नेप्से परिसूचक ५२.३६ अंकले बढेर २६६५.४५ को विन्दुमा कायम भएको छ ।
आज ३२२ कम्पनीको शेयर किनबेच हुँदा ९ अर्ब २० करोड रुपैयाँको शेयर कारोबार भएको छ ।आज १९६ कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ कम्पनीको शेयर मूल्य घटेको छ । आज ९ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६१ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ४१ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३१ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडीसीको २९ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.८१ प्रतिशतका दरले कमाएका छन् । एचआइडिसीएलका लगानीकर्ताले ८.४८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै बराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ८.२१ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ सन्जाल