


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा सहकारी पीडितहरूको तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी रुपन्देहीको बुटवलस्थित जिल्ला अदालत पुगेका छन् । बुधबार उनले सुप्रिम सहकारी संस्थाका पीडितहरूको तर्फबाट बहस गरेका हुन् ।
काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थामा भएको बचत रकम हिनामिना प्रकरणमा पनि उनले पीडितको तर्फबाट अदालतमा बहस गरेका थिए । माघ २ गते उक्त प्रकरणमा रास्वपा कार्यकर्ताले कुटपिट गरेको थिए । त्यसपछि रास्वपाका दुई कार्यकर्तासहित तीनजना प्रहरीको हिरासतमा छन् ।
बुधबार उनले सामाजिक सञ्जालमार्फत् सहकारी पीडितहरूको तर्फबाट बहस गर्न भैरहवा हिँडेको बताएका थिए । भैरहवा उड्नै लाग्दा खराब मौसमले ढिला भएको बताउँदै उनले पीडितहरूको तर्फबाट बहस गर्ने जानकारी दिएका छन् ।
त्रिपाठीले रवि मुछिएको प्रकरणमा निरन्तर सहकारी पीडितहरूको तर्फबाट बहस गरिरहेका छन् ।

अर्थ सन्जाल