


काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुन्दर पन्थी नियुक्त भएका छन् । मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पन्थीलाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
पन्थी नेपाल बैंकको फष्ट क्लास अफिसर हुन् । पन्थीले त्रिभूवन विश्वविद्यालयबाट एमए र एमबीएको डिग्री हासिल गरेका छन् ।
कम्पनीकोका लागि आवेदन दिएका ८ जनामध्ये कम्पनीको पदपूर्ति समितिले ४ जनाको नाम सर्टलिष्टमा राखेको थियो। सर्टलिष्टमा सुन्दर पन्थी सहित महेश रिमाल, राजुनाथ खनाल, रामदेव यादव रहेका थिए ।
Artha Sanjal

अर्थ सन्जाल