सेयर बजार राताम्मे, कारोबार रकममा सुधार

साताको तेस्रो दिन नेप्सेका सबै परिसूचक राताम्मे भएका छन् । मंगलबार नेप्से ४६ दशमलब ५६ अंकले घटेर २४५२ दशमलब ०६ बिन्दुमा आएर बजार बन्द भएको छ ।

मंगलबार कारोबार रकममा भने केही सुधार आएको छ। सोमबार एक अर्ब ५८ करोड बराबरको कारोबार भएको थियो ।

आज भने २२८ वटा कम्पनीको सेयर कारोबार हुँदा दुई अर्ब ६७ करोड बराबरको भएको छ। बजार घट्नेक्रम जारी रहँदा पनि राष्ट्रिय उत्थान लघुवित्त र नेश्डो लघुवित्तको भने सर्किट लेबलमा कारोबार भएको छ ।

यसैगरी जाल्पा सामुदायिक लघुवित्तको भने ६ दशमलव ०७ प्रतिशतले बढेर ४२० दशमलब ९ रुपैयामा अन्तिम कारोबार भएको छ।

मंगलबार धेरै रकम गुमाउनेमध्ये इमर्जिङ नेपाल १० प्रतिशत घटेर १३ सय २३ रुपैयाँ, नारायणी डेभलपमेन्ट बैंक ६ दशमलव ३७ प्रतिशत घट्दा ४ सय २५ दशमलव १ र युनाइटेड यडमार्दी ६ दशमलव ०१ प्रतिशतले घटेर अन्तिम कारोबार ९७७ दशमलब ५ रुपैयाँमा भएको छ।

मंगलबार अन्य परिसूचक राताम्मे हुँदा होटेल समूह भने १५ दशमलब १२ अंकले उकालो लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *