काठमाडौं। नेकपा (एमाले) का केन्द्रीय सदस्य किशोरविक्रम मल्ललाई चेक अनादरको आरोपमा प्रहरीले सोमबार पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिएका अनुसार मल्लविरूद्ध प्रहरी वृत्त महाराजगन्जमा २० लाख ५० हजार रुपैयाँको चेक अनादरको जाहेरी परेको थियो।
मल्लविरूद्ध जाहेरी एमालेका नेता पुष्पराज पहराईले दिएका थिए।






