


काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको बिक्रीदर १३८ रुपैयाँ ८३ पैसा र खरिददर १३८ रुपैयाँ २३ पैसा छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४१ रुपैयाँ ४७ पैसा रहेको छ भने खरिददर १४० रुपैयाँ ८६ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १६८ रुपैयाँ ३२ पैसा र खरिद दर १६७ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ८५ रुपैयाँ ३५ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९५ रुपैयाँ ८० पैसा र बिक्रीमा ९६ रुपैयाँ २२ पैसा छ। कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Artha Sanjal

अर्थ सन्जाल