


काठमाडौं। प्रभु बैंक लिमिटेडको साधारण सभा केन्द्रीय कार्यलय बबरमहलमा अझैसम्म जारी छ। बैंकमा ६ जना संचालकको लागि चुनाव भइरहेको छ।
प्रभु बैंकको संचालकको चुनावी प्रक्रिया अवरुद्ध गरि सीईओ अशोक शेरचन र पूर्व अध्यक्ष देवी प्रकाश भट्टचनले केहि उम्मेदवारसंग वान टु वान वार्ता गरेका थिए । उम्मेदवारहरूको बीचमा निर्विरोध चुनाव गराउने रणनीतिलाई अघि बढाउने प्रयास गरिएको थियो, तर उक्त रणनीति असफल भएको छ।
लामो समयको वार्ता र प्रयासपछि केही उम्मेदवारहरूले चुनावी प्रक्रिया अघि नै बाहिरिए। यी उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएर चुनावी प्रतिस्पर्धामा सामेल नभएको जानकारी प्राप्त भएको छ। यस घटनाले प्रभु बैंकको चुनावी प्रक्रिया र भविष्यको नेतृत्वमा नयाँ तरिका ल्याउन सक्ने सम्भावना राखेको छ।
सञ्चालक चुनावका परिणामलाई लिएर शेयरधारकहरूको चासो अझै कायम रहेको छ। तर पब्लिक तर्फकी उम्मेदवार सिर्जना वाग्लेले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेपछि भने चुनावी प्रक्रिया अघि बढेको हो।

अर्थ सन्जाल