


काठमाडाैं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ३०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा पुस २९ गते काठमाण्डौको डिल्लीबजारमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको हो ।
सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष शशिराज पाण्डेले समिक्षा वर्षको अन्त्यमा कम्पनीले संकलन गरेको निक्षेप ७ अर्ब ५८ करोड तथा कर्जा सापट ५ अर्ब ६६ करोड पुगेको तथा सम्पूर्ण कारोवार पछिको कम्पनीको खुद मुनाफा (बोनश तथा कर व्यवस्था पछि) ६ करोड १६ लाख भएको साधारण सभालाई जानकारी गराएका थिए ।
साधारण सभामा अनुमोदनका लागि पेश गरिएको सञ्चालक समितिको प्रतिवेदन आव २०८०/८१ को वित्तीय विवरणहरु तथा संस्थापक सेयरधनीको तर्फबाट रिक्त पदमा सञ्चालक नियुक्तीको प्रस्ताव अनुमोदन गर्नुका साथै विशेष प्रस्तावअन्तर्गत कम्पनीको हाल कायम रहेको चुक्तापुँजी ९८ करोड १६ लाख ८३ हजार २०० को १.८६५९ प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव सर्व सम्मतिले पारित भयो । बोनश सेयर वितरणको प्रस्ताव पारित भएपश्चात कम्पनीको जारी तथा चुक्तापूँजी १ अर्ब पुगेको छ ।
कम्पनीले २०८१ असार मसान्तसम्म आफना १३ वटा शाखा कार्यालयहरुबाट नेपाल राष्ट्र बैकको निर्देशन परिधिभित्र रही व्यवसायिक कार्य गर्दै नियामक निकायहरुको निर्देशन पूर्ण रुपमा पालनागरिएको जानकारी समेत सभालाई गराएका थिए ।

अर्थ सन्जाल