


काठमाडाैं । सुनको मूल्य आज पनि सामान्य बढेको छ । सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
अघिल्लो दिन भने सुनको मूल्य १ हजार ६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य आज प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भईरहेको छ ।
Artha Sanjal

अर्थ सन्जाल