काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का केही ब्रोकरको (टीएमएस) मा समस्या देखिएपछि आइतबार लगानीकर्ताको कारोबार प्रभावित भएको छ। करिब सवा १२ बजेदेखि टीएमएसमा समस्या देखिएपछि लगानीकर्ताले सहज रूपमा सेयर किनबेच गर्न पाएका छैनन्।
टीएमएसमा समस्या देखिएपछि लगानीकर्ताले सेयर किनबेच गर्न नसक्दा निराशा व्यक्त गरेका छन्। कारोबार प्रक्रिया अवरुद्ध हुँदा बजारमा असहज स्थिति सिर्जना भएको छ। समस्या बारम्बार दोहोरिँदा लगानीकर्ताले नेप्सेको प्राविधिक क्षमतामाथि प्रश्न उठाउन थालेका छन्।
टीएमएसमा समस्या बारम्बार दोहोरिँदा नेप्सेले यसलाई दीर्घकालीन रूपमा कसरी समाधान गर्ने भन्ने विषयमा अझै स्पष्ट योजना प्रस्तुत गर्न सकेको छैन।
Artha Sanjal
अर्थ सन्जाल