राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी आज जिल्ला अदालतमा उपस्थित भएका हुन् । आजै थुनछेकको बहस हुने पनि बताईएको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका थिए। लामिछानेलाई शुक्रबार नै अदालतमा हाजिर हुन भनिएपनि पोखराबाट काठमाडौँ आउँदा साँझ परेकोले उनी आज मात्र अदालतमा उपस्थित भएका हुन् ।
यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
Artha Sanjal
अर्थ सन्जाल