काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस २६ गते बसेको कम्पनीको सञ्चालक समितिको ३८८औं बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।
बैठकले कम्पनीको आव २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभाशको करसहित)गरी कुल २१ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
Artha Sanjal
अर्थ सन्जाल