काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्न डु डिलिजेन्स अडिट (डीडीए) गर्न चार्टर्ड एकाउन्टेन्ट्स (सीए) फर्म तथा कम्पनीलाई प्रस्ताव पेस गर्न आह्वान गरिएको छ ।
नेपाल राष्ट्र बैंकले गठन गरेको व्यवस्थापन समूहले कर्णाली डेभलपमेन्ट बैंकको डीडीए गर्न सीए फर्मलाई प्रस्ताव पेस गर्न आह्वान गरेको हो ।
इच्छुक सीए फर्मले १५ दिनभित्र शिलबन्दी दरभाउ पेस गर्नुपर्नेछ । उक्त डीडीएको टीओआर संस्थाको वेबसाइटबाट हेर्न सकिन्छ ।
कर्णाली डेभलपमेन्ट बैंकलाई गत पुन ११ गतेदेखि लागू हुने गरी राष्ट्र बैंकले समस्याग्रस्त संस्था घोषणा गरेको थियो ।
Artha Sanjal
अर्थ सन्जाल