काठमाडौं । सर्वोत्तम सिमेन्टले बार्षिक साधारण सभा बोलाएको छ ।लाभांश वितरणसहितका एजेन्डाहरु पारित गर्न कम्पनीले भोलि शुक्रबार पुस २६ गते साधारण सभा बोलाएको छ । सभा, होटल भिलासा, भैरहवा रुपेन्देहीमा बिहान ११ बजे सुरु हुनेछ ।
कम्पनीले १० प्रतिशत लाभांश दिंदैछ । कम्पनीले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, पुस ११ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।
Artha Sanjal
अर्थ सन्जाल