१० मुलुकबाट नेपाल भ्रमणमा आउनेले नेपालपेबाट भुक्तानी गर्न सक्ने

काठमाडाैं । नेपाल भ्रमणमा आउन १० मुलुकका पर्यटक तथा बासिन्दाले नेपाल पेको क्युआर मार्फत् यहाँ भुक्तानी गर्न सक्ने भएका छन्।

चीन, दक्षिण पूर्वी एसिया र अफ्रिका लगायतका मुलुकहरूका १४ इ वालेट र मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरूले नेपाल भ्रमणमा रहँदा यसरी भुक्तानी गर्न सक्ने नेपाल क्लियरिङ हाउसले उल्लेख गरेको छ।

चीनको अलिपे, हङकङको अलिपे एचके, इटालीको तिनाबा, मकाओको एमपे, मन्गोलियाको हाइपे, पिलिपिन्सको जी क्यास, थाइल्याण्डको ट्रु मनी, सिंगापुरको छान्जीपे लगायतबाट यसरी भुक्तानी गर्न सकिने भएको हो।

यहाँका बिक्रेता (मर्चेन्ट)हरूले यो सेवा ग्राहकलाई उपलब्ध गराउँदा थप शुल्क नलाग्ने बताइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *