स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : पक्राउ परेका २ जना धरौटीमा रिहा

काठमाडौं । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका दुई जना धरौटीमा रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतको आदेशअनुसार दुई जना मंगलबार रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएकाे छ । सहकारीको लेखा समिति सदस्य सुनिता नेवा ४ लाख र सञ्चालक समिति सदस्य कमल लामा ३ लाख धरौटी बुझाएर रिहा भएका हुन् ।

मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डयेको इजलासले उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *