काठमाडौं। सहकारी ठगी प्रकरणमा मुछिएकी अञ्जला कोइरालाको बयान र थुनछेक बहस आज मोरङ जिल्ला अदालतमा सुरु भएको छ। अदालतले पुस २ गते पक्राउ पुर्जी जारी गरेपछि फरार रहेकी अञ्जला बुधबार अदालतमा हाजिर भएकी थिइन्। उनको मुद्दा मोरङ जिल्ला अदालतका न्यायाधीश उद्धबप्रसाद भट्टराईको इजलासमा तोकिएको छ ।
मोरङको धनपालथान गाउँपालिका-३ को उमागौरी सहकारीको रकम अपचलन गरेको आरोपमा संसद् ऋषिकेश पोखरेलकी पत्नी अञ्जलासहित २५ जनाविरुद्ध मोरङ जिल्ला अदालतले मंगलबार पक्राउ पुर्जी जारी गरेको छ।
अदालतले बयान र थुनछेक बहस नसके प्रहरी हिरासतमा राख्ने निर्णय गर्नेछ।
Artha Sanjal
अर्थ सन्जाल