काठमाडौं । मंगलबार पनि सेयर बजारको वृद्धिमा निरन्तरता देखिएको छ । नेप्से परिसूचक ६.१६ अंक बढेको हो । योसहित लगातार पाँचौं दिन बजार बढेको छ ।
आजको वृद्धिसँगै नेप्से २६४६ मा कायम भएको छ । आज ५ अर्ब ३८ करोडको काराेबार भएकाे छ । १२६ कम्पनीको मूल्य बढ्दा १०७ को घट्यो भने १० को स्थिर रहेकाे छ । आज सर्वाधिक कारोबार सिन्धु विकास बैंकको १६ करोड ९२ लाख रुपैयाँको भएको छ ।
यो दिन बजारमा ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सप्तकोशी डेभलपमेन्ट बैंक र न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशत तथा प्रभु महालक्ष्मी लाइफको मूल्यमा ९.९९ प्रतिशत र सिन्धु विकास बैंकको मूल्यमा ९.७७ प्रतिशतको बढोत्तरीका साथ सकारात्मक सर्किट लागेको हो ।
आज आत्मनिर्भर लघुवित्त र दोल्ती पावरका शेयरधनीहरुले सर्वाधिक गुमाए । यी दुवै कम्पनीको मूल्यमा १० प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ ।
अर्थ सन्जाल