काठमाडौं। नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । मंगलबार नेपाल धितोपत्र बोर्ड, अर्थमन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई प्रतिवादी बनाई नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स नदिन मुद्दा दायर भएको हो ।
गत पुस ५ गते बसेको मन्त्रिरिषदको बैठकले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढाउने निर्ण गरेको थियो । सरकारले धितोपत्र बजार संचालनका लागि संगठित संस्थ स्थापना गर्न नेपाल धितोपत्र बोर्डबाट सिफारिस प्रदान गर्ने सम्वन्धित निर्देशिका, २०७९ बमोजिम नयाँ स्टक एक्सचेञ्जका लागि आवेदन खुलाएको थियो ।
कृष्णबहादुर थापाले ऐन–नियममा व्यवस्था नभई नयाँ स्टक एक्स्चेन्जको अनुमति दिन लागेको भन्दै रिट दायर गरेका हुन् । उनले निर्देशिकामा मात्रै टेकेर लाइसेन्स दिन नहुने उल्ले गरेका छन् ।
Artha Sanjal
अर्थ सन्जाल