मुक्तिनाथ विकास बैंकको ‘एनिभर्सरी बोनान्जा’ अफर सार्वजनिक, नगददेखि मोबाइलसम्म जित्न सकिने

काठमाडाैं । मुक्तिनाथ विकास बैंक लिमिटेडले १९औं वर्ष प्रवेश गरेको अवसरमा ‘एनिभर्सरी बोनान्जा’ योजना सार्वजनिक गरेको छ । योजनाअनुसार बैंकको मोबाइल बैंकिङमा भएको रकम कनेक्ट आईपीएसमार्फत ट्रान्सफर गर्ने ग्राहकहरू मध्येबाट २ जनालाई लक्की–ड्र मार्फत मोबाइल फोन प्रदान गरिने बैंकले जनाएको छ ।

यसैगरी रु १०० वा सो भन्दा बढीको टपअप तथा डेटा प्याक लिने दैनिक १९ जना ग्राहकले लक्की–ड्र मार्फत रु १०० को टपअप प्राप्त गर्नेछन् । यो योजना यही पुस १९ देखि माघ १९ गतेसम्म कायम रहने बैंकले जनाएको छ ।​ ग्राहकहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न ‘एनिभर्सरी बोनान्जा’ योजना सार्वजनिक गरिएको हो ।​

यस्तै, मोबाइल बैंकिङमार्फत बिजुलीको बिल भुक्तानी गर्ने १ जना ग्राहकले लक्की–ड्र मार्फत बिल भुक्तानी रकम वा अधिकतम रु १०,१२५ सम्म प्राप्त गर्न सक्नेछन् । ​ यस्तै, तेस्रो योजनाअनुसार बैंकको क्यूआर मर्चेन्ट भई कुनै पनि कारोबार क्यूआरमार्फत प्राप्त नगरेका मर्चेन्टहरूले यस अवधिमा कारोबार संख्या ३ र रकम रु २०० सम्मको कारोबार रकम क्यूआरमार्फत प्राप्त गरेमा त्यस मर्चेन्ट मध्ये ५ जना मर्चेन्टले लक्की–ड्र मार्फत स्मार्ट वाच प्राप्त गर्नेछन् ।

त्यसैगरी भारतीय पर्यटकबाट क्यूआर मर्चेन्टमा रु २०० सम्मको रकम क्यूआरमार्फत प्राप्त गरेमा त्यस प्रकारका मर्चेन्टहरू मध्ये ५ जना मर्चेन्टले लक्की–ड्र मार्फत स्मार्ट वाच प्राप्त गर्नेछन् । यो योजना यही पुस १९ देखि २५ गतेसम्मका लागि रहेको बैंकले जनाएको छ ।

यसका साथै मोबाइल बैंकिङमार्फत अन्य बैंकमा रकम ट्रान्सफर गर्ने दैनिक १ जनालाई लक्की–ड्र मार्फत रु १००० क्यास ब्याक प्रदान गरिने छ । साथै क्यूआरमार्फत बिल भुक्तानी गर्ने ग्राहकहरू मध्येबाट दैनिक २ जनालाई लक्की–ड्र मार्फत रु ५०० का दरले क्यास ब्याक प्रदान गरिने छ । यो योजना पनि पुस २५ गतेसम्मका लागि रहनेछ ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट रकम झिक्दा विशेष छुटको व्यवस्था गरेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *