रायोको सागमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । भक्तपुरबाट विक्रिका लागि कालिमाटी फलफुल तथा तरकारी बजारमा राखिएको रायोको सागमा अत्याधिक मात्रामा विषादी भेटिएको हो ।
सागमा ९९.३८०९ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका अनुसार कालिमाटी तरकारी बजारस्थित पसल नम्बर ५५४ मा चेतनाथ सिलवालले बिक्रीका लागि राखेको रायोको साग परीक्षण गर्दा उक्त विषादीको मात्रा बढी भएको पाइएको हो ।
Artha Sanjal
अर्थ सन्जाल