सिटिजन लाइफको सम्पत्ति शुद्धीकरण तथा वित्तीय लगानी निवारणसम्बन्धी तालिम सम्पन्न

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सम्पत्ति शुद्धीकरण तथा वित्तीय लगानी निवारणसम्बन्धी तालिम सम्पन्न भएको छ ।

पुस २० गते बर्दिबासमा आयोजित कार्यक्रममा बर्दिबास क्षेत्रका साथै हेटौंडा क्षेत्रलगायत नारायणगढ शाखाका अभिकर्ता एवं त्यहाँको कर्मचारी र केही विभागीय प्रमुखसमेतको सहभागितामा सो तालिम कार्यक्रम सञ्चालन गरिएको थियो ।

तालिम कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले प्रस्तुत गरेका थिए । उक्त तालिममा गैरकानूनी कमाइबाट सङ्कलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रक्रियाहरु के(के हुन्, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइएको थियो ।

उनले यसको महत्व र प्रभावका साथै यसलाई कार्यन्वयन गर्न हरेक कर्मचारीले गर्नुपर्ने कामको बारेमा जानकारी दिएका थिए ।

यसभन्दा पहिले मङ्सिर २७ गते इटहरी, इनरुवा र बिर्तामोड क्षेत्रका कर्माचारी र अभिकर्ताहरुका लागी इटहरीमा, मङ्सिर २२ गते पश्चिमको धनगढी, नेपालगन्ज, सुर्खेत क्षेत्रको लागी कोहलपुरमा, बुटवल, जीतपुर र भैरहवा क्षेत्रको लागी मङ्सिर १ गते बुटवलमा, पोखरा र बाग्लुङ क्षेत्रको लागी कार्तिक १० गते पोखरमा र असोज साथै मङ्सिर ६ गते दुइ पटक काठमाडौंमा यस तालिम गरिएको थियो ।

बर्दिबासमा सम्पन्न अन्तिम तालिमपश्चात कम्पनीले सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम सम्पन्न गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *