नेपाल एसबिआई बैंकको सञ्चालकमा रितेश सिन्हा नियुक्त

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालकका रितेश सिन्हालाई नियुक्त गरिएको छ । बैंक सञ्चालक समितिको पुष २१ गते बसेको बैठकको निर्णयले सिन्हालाई सञ्चालक पदमा नियुक्त गरिएको हो।

बैंकको संस्थागत शेयरधनी भारतीय स्टेट बैंक (एसबिआई) को तर्फबाट बैंकको प्रतिनिधित्व गर्दै आएका पिनाकी नाथ बनर्जीको स्थानमा सिन्हालाई सञ्चालकको रुपमा मनोनयन गरी पठँउ बमोजिम रितेश सिन्हालाई सञ्चालक पदमा नियुक्त गरिएको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *